You are viewing the translated version of उजूरी दिन सक्ने.
Section 36
उजूरी दिन सक्ने
(१) कुनै वस्तु वा सेवा प्रदायकले उपभोक्ता हित विरुद्ध वा यस ऐन वा यस ऐन अन्तर्गत बनेको कुनै नियम विपरीत कुनै काम कारबाही गरेमा त्यस्तो कुराको जानकारी पाउने जुनसुकै व्यक्तिले आफूसँग भएको जानकारी वा सबुद प्रमाण सहित केन्द्रीय बजार अनुगमन समिति, विभाग वा निरीक्षण अधिकृतसमक्ष लिखित वा मौखिक वा विद्युतीय माध्यमबाट समेत उजूरी दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम उजूरी दिने व्यक्तिले आफ्नो नाम गोप्य राख्न चाहेमा त्यस्तो व्यक्तिको नाम गोप्य राख्नु पर्नेछ।
(३) उजूरी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिम उजूरी दिने व्यक्तिले आफ्नो नाम गोप्य राख्न चाहेमा त्यस्तो व्यक्तिको नाम गोप्य राख्नु पर्नेछ।
(३) उजूरी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।